टिपर दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 03 | 11:51 am 3532

पाल्पा, फागुन २०: टिपर दुर्घटना हुँदा तानसेन नगरपालिका–५ तीन लाँकुरीमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा टिपर चालक नवलपरासीको सुनवल नगरपालिका–३ का ३२ वर्षीय मधु मर्पाङ मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

लु २ ख १८५४ नम्बरको टिपर तानसेनबाट सर्देवातर्फ जाँदै गर्दा पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत लाँकुरीमा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो।

ढुङ्गा लिन जाँदै गरेको टिपर तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। उनका अनुसार टिपर सडकभन्दा अन्दाजी ३ सय मिटर तल खसेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.