आमहडतालका कारण दाङको जनजीवन प्रभावित

रिपोर्ट नेपाल | 2020 Mar 03 | 10:41 am 2435

दाङ, फागुन २०: थरुहट थारुवान राष्ट्रिय मोर्चाको आमहडतालको प्रभाव दाङमा मंगलबार बिहानै देखि देखिएको छ । हड्तालका कारण दाङका बजार, कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्थाका साथै सवारी तथा यातायातका साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

चोक चोकमा थरुहटका कार्यकर्ताहरु देखिएका छन् । उनिहरुले अतिआबश्यक सवारी साधन, शव वाहन, दुध बोक्ने गाडी, मानवअधिकारकर्मी, पत्रकार, पर्यटन र कुटनितिक नियोगका सवारी साधनलाई भने सन्चालन हुन दिने बताएका छन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाले मंगलबार र बुधबार आम हडतालको घोषणा गरेको छ। गत पुस २२ गते सरकारसँग १४ बुदे माग राखी आफनो माग सम्वोधन गर्न पुस मसान्तसम्मको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुकोमाग प्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरिएको विज्ञप्तीमा भनिएको छ ।

मोर्चाले आफनो माग पूरा गर्नका लागि दबाव स्वरुप आन्दोलन गर्न लागीएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.