कोरोनाको उच्च जोखिम रहेकाले स्वस्थ्यकर्मीहरुले लामो बिदा नलिन आग्रह

| 2020 Mar 03 | 08:08 am 1771

काठमाडौं, फागुन २०: कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेकाले स्वस्थ्यकर्मीहरुले बिदा नलिन र तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघले सोमबार विज्ञप्तिमार्फत् आब्हान गरेको छ।

विगत केही महिनादेखि चीनको बुहानबाट नोवेला कोरोना भाइरस (कोभिड १९) संक्रमण धेरै देशहरुमा फैलिई धेरै धनजनको क्षति भइरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत विभिन्न देशहरुका साथै नेपाल पनि उच्च जोखिमको क्षेत्रमा राखि सकेको हुनाले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सचेत रहन अनुरोध गरेका छन्।

यस संक्रमणले गर्दा आउन सक्ने प्रतिकूल अवस्थाका लागि लामो बिदामा नबस्नुहुन तथा आ–आफ्ना कार्यक्षेत्रमा तयारीका साथ रहन हार्दिक अनुरोध गरेका छने।

कोरोना भाइरसको विषयलाई लिई नेपाल चिकित्सक संघले फागुन २२ गते बिहीबार दिउँसो १ बजे संघको केन्द्रीय कार्यालय, सिद्धिसदनमा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुका प्रमुख, विभिन्न सोसाईटी तथा स्वास्थ्यका सरोकार संस्थाहरुका प्रमुख तथा विज्ञहरुसँग अन्तरक्रिया गरी थप कार्यक्रमहरु तय गर्नेसमेत संघका नवनिर्वाचित महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल समाचारपत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.