भारत भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

रिपोर्ट नेपाल | 2020 Mar 02 | 08:45 am 1533

काठमाडौं, फागुन १९: गत फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह आइतबार स्वदेश फर्किएका छन् ।

भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८ गते विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन शनिबार नेपालको प्रजातन्त्र दिवसका दिने अमृतसरमा नै कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सब पनि पूर्वराजको टोलीले मनाएको थिए ।

२०६५ साल जेठ २९ गते राजगद्दी र राजदरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले पटक–पटक भारतको भ्रमण गरेका छन् ।

यसभन्दा अगाडि व्यक्तिगत र धार्मिक यात्रा गर्दै आएका भएपनि मुलुक राजतन्त्र समाप्त भएर गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पछि २०७६ फागुन ४ गते भारतको राजधानी नयाँदिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्रले पहिलोपटक राजनीतिक भ्रमण गरेको टिप्पणी काठमाडौंदेखि नयाँ दिल्लीसम्म समेत भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले भारतको शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत भएर काठमाडौं आएका कर्ण सिंहले आगडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमान्दारिपूर्वक निर्वाह गरेको भए पनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेका स्रोतले बताएको छ । आजको साँघु साप्ताहिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.