बोलेरो र मोटरसाइकल ठोक्किँदा बर्दियामा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Feb 27 | 09:13 am 1678

बर्दिया, फागुन १५: जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मढेला निवासी २४ वर्षीय निरक शाही रहेका छन् ।

भे ८ प ९१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ च ९६० नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किँदा बुधबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही स्थानका जीवन बडुवाल घाइते भएका छन्।

बडुवाललाई उपचारका लागि कोहोलपुर मेडिकल कलेज नेपालगञ्ज पठाइएको छ।

सवारी साधन र सवारी चालक जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको बताइएको छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। सवारी ऐन अन्तरगत मुद्दा दर्ता गर्ने तयारी रहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.