कर्णाली नदिमा जीप खस्यो

रिपोर्ट नेपाल | 2020 Feb 25 | 11:07 am 2027

कालिकोट, फागुन १३: मंगलबार बिहान कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारबाट कर्णाली नदीमा जीप खसेर दुर्घटना भएको छ।

दुर्घटनामा परी दैलेख गुँरास ४ का जीप चालक टक्कबहादुर खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

लु १ ज ४१४१ नम्बरको जीप रासकोटबाट जितेगडा यात्रु पुर्याएर फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले बताए।

प्रहरीका अनुसार जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.