चौथो गुल्मी महोत्सवको होमस्टेबाट प्रचार–प्रसार

| 2020 Feb 25 | 07:25 am 1830

  • रमेश विश्वकर्मा

गुल्मी, फागुन १३: चौथो गुल्मी महोत्सवको प्रचार–प्रसार जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १३ उपल्लो भँगारीमा रहेको प्रस्तावित रेसुङ्गा होमस्टेबाट गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले यही चैत्र २१ गते देखि २०७७ बैशाख १ गतेसम्म जिल्लाको सदमुकाम तमघासको चिदिचौर खेलमैदानमा चौथो गुल्मी महोत्सव गर्न लागेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

गुल्मी उद्योग वाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मुख्य नारा लिएर जिल्लाको सदरमुकाम तम्घासमा चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको महासचिव भुसालले जानकारी दिए । जिल्लामा अवसर नपाएका कारण लुकेर रहेका कला, संस्कृति सम्पदालाई उजागर गर्ने, ग्रामिण पर्यटनको प्रवद्र्धन गर्ने ग्रामिण जनताको आय–आर्जनमा वृद्धि गरि गरिबि निवारणमा सहयोग पुर्याउने यस चौथो गुल्मी महोत्सवको उद्देश्य रहेको महासचिव भुसालले बताए ।

जिल्लाको सदरमुकाम तमघासमा हुन लागेको चौथो गुल्मी महोत्सव विगतमा गरिएका महोत्सव भन्दा निकै परक र पृथक हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले अहिलेको चौथो गुल्मी महोत्सवमा पृथक किसिमको प्रतिभा र उत्पादन देख्न पाइने दाबि गरे । महोत्सवको माध्यमद्वारा जिल्लामा औद्योगिक तथा घरेलु उत्पादनलाई जोड दिदैँ स्थानीय उत्पादनको प्रवद्र्धन गरिने अध्यक्ष भलामीले बताए ।

जिल्लामा उद्यमी व्यवसायी बनाउन तथा स्थानीय कला, संस्कृति, सांस्कृतिक निधिको विकास र संरक्षणका लागि प्रस्तावित रेसुङ्गा होमस्टे (घरवास) को प्रवद्र्धनका लागि सबै जुट्नुपर्ने बताए । महोत्सवको माध्मद्वारा जिल्लालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने बताउँदै अध्यक्ष भलामीले भने, गुल्मी जिल्ला हावा, पानी, माटो, मौसमका हिसाबले प्राकृतिक सौन्र्दयको खानि भएकाले यसलाई आर्थिक रुपमा रुपान्तरणका लागि पर्यटनले जोड्ने छ । चौथो गुल्मी महोत्सवमा बौद्धिक उत्पादनलाई समेत बिशेष प्राथमिकता दिईने छ । स्थानीय व्यवसायी तथा उत्पादनलाई प्राथमिकता दिइने बताए ।

महोत्सवलाई समग्र गुल्मेलीहरुको महोत्सवको रुपमा लैजानु पर्ने उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए । उनले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्न सक्नुपर्नेमा जोड दिए ।

चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने र तीन करोड बराबरको कारोबार गर्ने अपेक्षा राखिएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए । गुल्मी उद्योग वाणिज्य संघले मेला विगतका दिनहरुमा पनि महोत्स गर्दै आएको छ । महोत्सवबाट आम्दानी भएको केही रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्दै आएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.