गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

रिपोर्ट नेपाल | 2020 Feb 18 | 05:19 pm 1959

  • सन्तोष महतारा

गुल्मी, फागुन ६: लिल्लाको सदरमुकाम तमघासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ ।

जिल्लाको सदरमुकाम तमघासमा रहेको रेसुङ्गा हस्पिटल प्रा.लिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रा.लिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले जानकारी दिए ।

तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ । भन्दै विद्यार्थीहरुका लागि स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।

विद्यालयमा विद्यार्थी अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा.लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए ।

हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता लगाउन सहज होस भन्ने हिसाबले पनि यस्तो स्वास्थ्य सम्बन्धि कार्यक्रम विद्यालयमा सुरु गरिएको हो ।

शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि रुपमा रहेका नेपाल नेत्र ज्योति संघ जिल्ला कार्यसमिति गुल्मीका सभापति शेर बहादुर थापाले यस्तो स्वास्थ्य शिक्षाले दिर्घकालिन फाइदा पुग्ने बताए ।

उनले यो कार्यक्रमले धेरै रोगबाट बच्न सकिने भन्दै यो घरघरमा पुर्याउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

सानो गल्तीले ठुलो रोग लागेर ज्यान समेत जान सक्ने भन्दै यस्तो कार्यक्रमको अत्यन्त आवश्यक रहेको बेला रेसुङ्गा हस्पिटल प्रा.लिले सुरु गरेकोमा खुसी लागेको प्रमुख अतिथि थापाले बताए।

तत्काललाई तमघास भित्रका सबै विद्यालयमा यो कार्यक्रम गरिने छ । गाउँ गाउँमा पनि सामाजिक संघसंस्था सँग समन्वय गरी स्वास्थ्य शिविर संचालन गरिने रेसुङ्गा हस्पिटल प्रा.लिले जनाएको छ ।

कार्यक्रममा विशिस्ट अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष नवराज भुषालले विद्यालय स्तरमा यस्तो कार्यक्रम गरिनु धेरै राम्रो भएको बताए ।

हरेक विद्यार्थी स्वस्थ भए ऊ पढ्न लेख्न र दिमागी ज्ञानमा पनि अब्बल बन्ने भन्दै यस्तो कार्यक्रमले हरेक नागरिक स्वस्थ बन्न सहयोग पुग्ने अध्यक्ष भुषालको भनाइ रहेको थियो ।

पहिलोपटक तमघासमा र त्यसपछि नगरपालिकाका विद्यालय भित्र साथै गाउँगाउँमा पनि स्वास्थ्य शिविर संचालन सुरु गरिने बताइएको छ ।

विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रममा रेसुङ्गा हस्पिटलका डा जीवन थनेत र मेडिकल सुपेरिटेन्ट विपिन भण्डारीले सहजकर्ताको भूमिका निभाउने संचालक समिति अध्यक्ष भलामीले बताए ।

रिडर्स पब्लिक हाई स्कुलबाट सुरु भएको यो कार्यक्रम अन्य विद्यालयमा लगत्तै सुरु गरिने बताइएकाो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.