सप्तरी, माघ २०: सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ सोरनपट्टी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले शनिबार करीव ९२ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोधेबसाईन नगरपालिका १ का १७ वर्षीय कृष्णदेव यादव, २३ वर्षीय बिजयकुमार यादव र २२ वर्षीय शिवप्रकाश यादव रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
स ५ प २१३६ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मूल्य बराबरको आठ आना सुन तथा ६० तोला चाँदी फेला परेपछि पक्राउ गरेको हो ।
एपीएफ टोलीले उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
चोरीपैठारीको सामान बरामद
पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट सोमबार एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान वीरगंज भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले सोमबार करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ४ स्थित भेटघाट चोकबाट बरामद गरेको हो ।
बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सिम्रौनगढ ईलाकाबाट आइतबार एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय वीरगंजमा बुझाएको छ ।