गोरखामा टिपरले फेरि लियो एक महिलाको ज्यान

रिपोर्ट नेपाल | 2020 Jan 31 | 10:47 am 1915

गोरखा, माघ १७: टिपरको ठक्करबाट गोरखामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हनेमा गोरखा नगरपालिका १० अमलापानीका ५२ वर्षीया मनमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । उनलाई स्थानीय गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिएको हो । उनी विहान दूध पुर्‍याउन जाँदै गरेकी अवस्थामा ठक्कर दिएको बुझिएको छ ।

उक्त दुर्घटना पश्चात् स्थानीयले घटनाको विरोधमा टिपरमा आगजनी गरेका छन् । उनीहरुले ती महिला लडेपछि ब्याक गरेर किचेर मारेको दाबी गरेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.