भवन निर्माणका क्रममा लडेर दुबईमा एक नेपालीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 27 | 11:56 am 1740

दाङ, माघ १३: वैदेशिक रोजगारीको सिलसिलामा दुबईको एक कम्पनीमा कार्यरत दाङका एक युवकको भवन निर्माणका क्रममा लडेर ज्यान गएको छ।

ज्यान जानेमा बबई गाउँपालिका ५ बबरपुरका ३५ वर्षीय सोमराज वलीको रहेको स्थानीय प्रेम केसीले जानकारी दिए।

भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

उनी करिब २ वर्ष अगाडि दुबई गएका वलीको यही माघ १२ गते मृत्यु भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.