भुलवश युक्रेनी विमानमा खसालिएको इरानी सेनाको स्वीकार

रिपोर्ट नेपाल | 2020 Jan 11 | 01:43 pm 1709

काठमाडौंः (एजेन्सी) इरानको सेनाले केही दिनअगाडि इराकमा युक्रेनी विमान खसालिएको बारेमा आफूद्वारा कमजोरी भएको स्वीकार गरेको छ ।

सरकारी पक्षले शनिबार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती गरेका कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको हो ।

राष्ट्रपति हसन रुहानीले ट्वीट गर्दै मानवीय गल्तीले विमान खसेको र कहाँ गल्ती भयो भन्ने बारेमा अनुसन्धान भैरहेको बताए । उनले गल्ती गर्नेलाई कारबाही गर्ने बताका छन् ।

विमान अप्रत्यासित रुपमा संवेदनशिल सैन्य क्षेत्रतिर मोडिएपछि घटना हुन पुगेको इरानी सेनाले पनि जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले यसअघि विमान प्राविधिक कारणले आफै दुर्घटना भएको जिकिर गर्दै आएको थियो । युक्रेनको विमान दुर्घटना हुँदा १ सय ७६ जनाको ज्यान गएको थियो ।

त्यही बेला इरानले अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण गरेकाले इरानले नै विमान खसालेको अमेरिका, क्यानडा र बेलायतका नेताले आरोप लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.