२४ वर्ष देखि फरार रहेका अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 08 | 05:14 pm 1633

बारा, पुस २३ः चोरी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका वडा नं ९ का ४४ वर्षीय रामबाबु भन्ने वीर बिक्रम मुखिया बिन रहेका छन् ।

उनलाई सम्मानित बारा जिल्ला अदालतको २०५४ जेठ ३० गतेको फैसला आदेशले जवरजस्ती चोरी मुद्दामा १ वर्ष ७ महिना १५ दिन कैद ठहर गरेको थियो ।

फैसला पश्चात् फरार रहेका मुखियालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका मुखियालाई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको बताइएको छ ।

त्यसैगरी विभिन्न मुद्दामा फरार रहेका अन्य ४ जना अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको विभिन्न मितिको फैसला आदेशले विभिन्न मुद्दामा जरिवाना ठहर भई फरार रहेका थिए ।

पक्राउ पर्नेमा जवाहिर प्रसाद केशरीत, पाहुन भन्ने बिहारी साह, केदारनाथ बोगटी र हृदय नारायण साह तेली रहेका छन् ।

उनीहरुलाई आज बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरेका हुन् ।

पक्राउ परेका चारै जनालाई सम्मानित अदालतको आदेशले अभियुक्तहरुलाई लागेको जरिवाना रकम दाखिला गरी छुटेको प्रहरीले जानकारी दिएको छ।

दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.