जनकपुरको सीता चोकमा शंकास्पद वस्तु फेला

रिपोर्ट नेपाल | 2020 Jan 07 | 10:32 am 1489

धनुषा, पुस २२ः मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका–१ सीता चोकमा शंकास्पद वस्तु फेला परेको छ।

उक्त स्थानका एक मासु पसल अगाडी फेला परेको शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सो स्थलमा सुरक्षाकर्मीले घेरा हालेर शंकास्पद वस्तु नजिक सर्वसधारणलाई जान रोक लगाएका छन्।

बिहान करिब ८ बजे स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नेपाली सेनाको बम डिस्पोजल टोली उक्त शंकास्पद वस्तु पहिचान गर्न आइपुगी पहिचान गर्दै गरिरहेको छ ।

यसअघि पनि धनुषामा पटक पटक शंकास्पद वस्तु फेला परेपनि नक्कली बम रहेको सेनाले पुष्टि गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.