नेपालले श्रीलंका बिरुद्ध ० – १ गोल गर्दै विजयी शुरुवात

| 2019 Dec 03 | 01:32 pm 2278

काठमाडौं, मंसिर १७:दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ ।

मंगलबार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंका बिरुद्ध  ० – १ गोल गर्दै विजयी शुरुवात गरको हो ।

पहिलो हाफमा बराबरी खेलेको श्रीलंकाले दोस्रो हाफको अन्यतिर एक गोल खाएको थियो । नेपालका तर्फबाट सरु लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । सरुले अनिता केसीको क्रसलाई गोलमा परिणत गर्न सफल भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.