नेकपाका सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी

रिपोर्ट नेपाल | 2019 Oct 16 | 06:38 pm 1699

काठमाडौं, असोज २९: जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।

आफूविरुद्ध जारी ३५ दिने पक्राउ पूर्जीबारे सांसद गुरुङ पनि जानकार रहेको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमै पत्र पठाएर गुरुङलाई उपस्थित गराउन दोलखा प्रहरीलाई भनेको थियो।

२०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको हो।

सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.