जुम्ला, असाेज १: कर्णाली राजमार्ग अन्तरगत जुम्लाकाे सीमानामा पर्ने नाग्ममा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। ना ३ ख ७ ६६४ नम्बरको बस सिँजाबाट जुम्ला तर्फ जाँदै गर्दा दुर्घटना हुँदा एककाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा सिजाँगाउँपालिका १ का ३१ वर्षीय नन्दबहादुर शाही रहेको प्रहरीले जानकारी दिए। उक्त दुर्घटनामा परी ५ जना घाइते भएका छन्।
घाइते हुनेमा अछाम जिल्ला डकारी गाउँपालिका–६ का डिल्ली भुल ,चन्दननाथ नगपालिका ९ का छाया उपाध्याय, छाया नाथनगरपालिका मुगुका जन्मती रावत ,सोही ठाउकै लालदेवी रावत र चन्दननाथ नगरपवालिकाका गर्भकन्या उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।
घाइतेहरूको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक धामीले बताए। उनका अनुसार मृतकका आफन्तले शव बुझ्न नमानिरहेकाे बुझिएकाे छ ।