सरकार संविधानको मर्म र भावनाअनुसार चल्न सकेनः विमलेन्द्र निधि

रिपोर्ट नेपाल | 2019 Aug 27 | 07:54 am 2363

सर्लाही,भदाै १०: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको बताएका छन्।

सोमबार लालबन्दीमा नेपाल राष्ट्रिय मगर संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले वर्तमान सरकारले संघीयतालाई आत्मसात गरेर चल्न नसकेको आरोप लगाए ।

कम्युनिस्टहरू विधि र प्रक्रियाभन्दा बलमिच्याँइको भरमा चल्ने भएकाले अहिलेको सरकारको डायरीमा संघीयता भन्ने शब्द नरहेको उनको भनाइ छ।

नेपाली कांग्रेसले अब चाँडै राज्य सञ्चालनको बाघडोर समाल्ने दाबी गरे। संघीयतालाई संस्थागत गर्न र प्राप्त उपलब्धिलाई जोगाउन सवै नेता तथा कार्यकर्ता एक भएर वर्तमान सरकारले गरेको जनविरोधी कामको विरोध गर्न समेत उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.