झापा, साउन १५: जिल्लाकाे वाह्रदशीमा सर्पकाे टाेकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ३ का ५२ वर्षीय छत्रवहादुर पौडेल रहेका छन् । मंगलबार विहान घरमै विषालु सर्प (गोमन) ले डसेको वाह्रदशी गाउँपालिका – ३ कि वडा सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिए।
अधिकारीले दिएका जानकारी अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो नकाल्ने क्रममा पौडेललाई सर्पले ढसेको बताइएको छ । सर्पले डसे लगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्याइएको र भेन्टिलेटर अभावका कारण बिर्तासिटी अस्पताल पठाइएकोमा उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको अधिकारीले बताए।