काठमाडौं, साउन १२: गत हप्ता सोमबार राती १३ जनाको ज्यान जाने गरी र सयौंको संख्याका मानिसलाई अलपत्र पर्नेगरी आएको पहिरोका कारण विचल्लीमा परेकालाई सहयोग गर्ने दानवीरहरु अग्रसर भइरहेका छन् ।
रिपोर्ट नेपाल डटकम डिजिटल पत्रिकाले पनि आफ्नो सामाजिक दायित्वबोध गरेर गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकका पहिरो पीडित परिवारलाई सहयोग गर्न आग्रह गरे बमोजिम रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानी गाउँ निवासी बसन्त भुजेलले रु १० हजार सहयोग गरेका छन् ।
समाजसेवी बाबु डिठ्ठा रुद्रबहादुर भुजेल र आमा प्रेमकुमारी भुजेलका जेठो सुपुत्रका रुपमा रहेका भुजेल कसैको दुःख देख्न नसक्ने व्यक्तित्व हुन् । ब्रिटिस सेनाबाट इन्जिनियर पदमा रही अवकास भएका बसन्त स्वयम् आफै पनि अपाङ्ग छन् । सहयोगी आत्मा र मनले क्षेत्र, गाउँ हेर्दैन भन्ने उदाहरण गोर्खाको फुजेलमा अपाङ्ग रहेका टंक भुजेलका परिवारलाई मासिक ५ हजारका दरले १ वर्षको ६० हजार उनले गत महिना प्रदान गरेका छन् ।
आफै पकाएर खान नसक्ने भुजेलका दुई दाजुभाईलाई साँझ बिहान पकाएर खुवाउने व्यवस्था मिलाइदिन भन्दै बसन्तले एक विशेष समारोहबीच मासिक ५ हजार पारिश्रमीक दिने घोषणा गरेका थिए । कसैको पीडालाई आफ्नै दुखाई सम्झने बसन्त भुजेल रिपोर्ट नेपाल डटकमका संस्थापक संचालक समेत रहेका छन् ।
यस्ता मनकारी व्यक्तित्वको उत्तरोत्तर प्रगतिको कामना सहित दिर्घायुको कामना गदैछौं । गुल्मीमा आएको भीषण पहिरोका कारण सयौंको संख्यामा घरबार बिहीन भएकाले तपाईको पनि सहयोगको आवश्यकता भएकोले सहयोग गर्न चाहेमा हाम्रो अफिसको टेलिफोन नम्बर ०१४१०२५०३ वा ९८५१०४५३६० मा सम्पर्क गर्न सकिन्छ ।
बैक मार्फत सहयोग गर्न चाहाने दानवीरले रिपोर्ट नेपालको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा रहेको चल्ती हिसाब नम्बर १४२०००४८५४०१ मा जम्मा गरेको भौचर र पारिवारीक विवरण उपलब्ध गराइदिनुहुन समेत रिपोर्ट नेपाल आग्रह गर्दछ ।