सिराहा, असार ९: कर्जन्हा नगरपालिकाका १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही नगरपालिका—१ का १८ वर्षीय श्याम महरा पक्राउ परेका हुन् ।
जंगलमा घाँस काट्न गएकी बालिकालाई महरासमेत गरी ३ जनाले जबरजस्ती करणी गरेको भन्ने निवेदन प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टाेलीले महरालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य २ फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएकाे छ ।