काठमाडौं, ३ असार : रुसमा जारी २१ औं संस्करणको विश्वकप अन्तर्गतको खेलमा क्रोयसिया विजयी भएका छ। शनिबार राति कालिनग्राड रंगशालामा भएको खेलमा क्रोएसियाले नाइजेरियालाई २-० ले पराजित गर्यो।
खेलको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लियो। कर्नरमा मारियो माञ्जुकिकको हेडर एटेबोलाई लाग्दै गोलमा परिणत भयो।
दोस्रो हाफमा ७१ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिकले पेनाल्टीमा गोल गर्दै २-० बनाए। माञ्जुकिकलाई ट्रोस्ट-इकोङ्गले लडाएपछि पाएको पेनाल्टीलाई रियलमा मिडफिल्डरले गोलमा परिणत गरे।