बजेट कार्यन्वयनमा ध्यान दिन पाण्डेको सुझाव

रिपोर्ट नेपाल | 2019 May 30 | 01:01 pm 1786

काठमाडौं, जेठ १६:पूर्व अर्थमन्त्री एवम् नेकपाका नेता सुरेन्द्र पाण्डेले सरकारद्वारा प्रस्तुत बजेटले आर्थिक विकासको गतिलाई समाएको बताएका छन् । बिहिबार रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै नेता पाण्डेले सरकारले स्रोत हरेर ल्याएको बजेट प्रति आशंका गर्ने ठाउँ नभएको बताए ।

स्रोतका कारणले नभएर धेरै आयोजना भएकोले त्यसको कार्यन्वयनमा सचेत हुनुपर्ने कुरामा पाण्डेको विशेष जोड रहेको थियो । प्रतिपक्ष लद नेपाली कांग्रेसले भने जस्तो कार्यकर्ताुमखी बजेट नभएर जनमुखी भएको पाण्डेकाे तर्क थियो ।

नेता पाण्डेले बजेट अत्यन्तै लोकप्रिय छ यसको कार्यन्वयनका लागि अनेक चुनौती आउन सकछन् सरकार ति चुनौतीलाई चिर्दै अघि बढ्नुपर्छ । हरेक कार्यका अघिपछि चुनौती हुन्छन् त्यसलाई चिर्दै कार्यन्वयन गर्नु पर्ने कुरामा नेता पाण्डेको जोड रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.