-गजेन्द्र बुढाथोकी
नबिर्सिइएका तिम्रा यादहरु
तिमीले नजिकै कतै
आरु फूलेको देखेको होलाऊ
त्यहीं नजिकै कतै
मेरो छायाँ हुन सक्छ ।
अलि माथि त्यहीं नजिकै
पैंयु फूलेको होला
त्यहीं जंगलमा मैले सुसेलेको
अझै गुन्जन सक्छ ।
अलि माथि उकालीमा
लहरैं लालिगुराँश
राताम्ये बनाउँदै वनपाखा ।
त्यहीं देउरालीमा
ढुंगामापाती चढाएर
तिम्रो नाम भाकेको हुनसक्छ ।
राताम्ये फूलेका गुलमहर
मगमगाउँदा आँप मञ्जरी
पोखरीका डिलमा
मेरै छायाँ उभिएको हुनसक्छ ।
काठमाडौंमा निलाम्यफूलेकाज्याकरान्डा
चित्तार्षक सम्झदैं शिरीषको फूल
अहो ! यो प्रेमिल मौसममा
नबिर्सिइएका तिम्रा यादहरु
हरेक साल दोहरिन्छन् ।