काठमाडाैं, पुस ६ः नेपाली सेनाको आयोजना तथा नेपाल लन टेनिस संघको प्राविधिक सहयोगमा मिति २०७८ मंसिर २७ गतेबाट जंगी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लब लन टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित नेपाल लन टेनिस संघको लन टेनिस कोर्टमा सञ्चालन भईरहेको “1 st COAS National Lawn Tennis Tournament-2078” को मंगलबार प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जंगी अड्डास्थित लन टेनिस कोर्टमा आयोजित एक समारोहका बीच समापन भएको छ ।
१२ वटा ईभेन्टमा प्रतिष्पर्धा भएको उक्त प्रतियोगितामा १८५ जना खेलाडीहरु सहभागी भएका थिए भने प्रतियोगितामा खुल्ला पुरुष एकल, महिला एकल, पुरुष डबल्स्, महिला डबल्स्, विभिन्न उमेर समूहका भेट्रान्स् एकल र भेट्रान्स् डबल्स् तथा Inter-Governmental तर्फ पुरुष डबल्स् विधाहरु समावेश गरिएको थियो ।
नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने एवं टेनिस खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालन गरिएको उक्त प्रतियोगिताको विभिन्न विधाहरुमा विजयी भएका खेलाडीहरुको विवरण परिशिष्ट “क” यसैसाथ संलग्न गरिएको छ ।उक्त समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्दहरु, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणा, विभिन्न टेनिस क्लबहरुका अध्यक्षहरु, सञ्चारकर्मीहरु तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेका थिए ।
यस किसिमको खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा थप टेवा पुग्नुका साथै नागरिक-सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।