९ वर्षीया वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ

| 2023 Sep 27 | 04:43 pm 1701

दाङ, असोज १० ।  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकलाई जिल्ला प्रहरी कार्यालय दाङ मातहत अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   विकले ती बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.