कैलाली, फागुन १०: सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीले ९ किलो चरेससहित कैलालीको धनगढी उपमहानगरपालिका-१४ एचगाँउ स्याउले घाटबाट तीन जनालाई पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका-५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया गाँउपालिका-१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका छन् ।
भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथमा चरेस फेला परेको प्रहरीले जनाएको छ।
चरेससहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ।