सर्लाही, पुस २०ः साेमबार सर्लाहीकाे लालबन्दी नगरपालिका-१४ सत्र कठ्ठा भन्ने स्थानमा अबैध रुपमा लागाइएकाे अवैध लागूऔषध गाँजा प्रहरीले फडानी गरेकाे छ ।
अवैध रूपमा गाँजा लगाएको छ भन्ने गाेप्य सूचनाको अधारमा लागूऔषाध गाँजा खेती नष्ट अभियान अन्तर्गत उक्त गाँजा फडानिको गरिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
उक्त गाँजा फडानीका लागि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको कमाण्डमा ४० जनाको प्रहरी टोली र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४० जनाको टोलि खटिगई करिब ९ बिघामा लगाईएको ९० हजार बोट फडानी गरी नष्ट गरिएको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुंवरले बताए ।