९० वर्षीया आमाको हत्या गरेको अभियोगमा समातिए छोरा

रिपोर्ट नेपाल | 2018 Nov 21 | 05:52 pm 1662

बाग्लुङ, मङ्सिर ५ :९० वर्षीया आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बागलुङको जयमिनी नगरपालिका –१० दवलधारा बस्ने ६० वर्षीय कर्णबहादुर श्रीसललाई ९० वर्षीया आमा हरिकला श्रीसको दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिबादको कारणले कर्णबहादुरले दाउरा प्रहार गर्दा गरिकलाको घटनास्थलमै मृत्यु हुन पुगेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.