८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षिय ताजपुरिया पक्राउ

| 2023 Oct 17 | 01:55 pm 1617

झापा, असोज ३० । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई प्रहरीले पक्राउ गरेको छ । ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.