८ महीने बालिकालाई अपहरण गरी हत्या गर्ने जेल चलान

| 2018 Nov 23 | 05:43 pm 3299

गौशाला, मङ्सिर ७  : आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ ।

जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी आठ महीने सोनालीलाई औरही बजारमै रहेको आफ्नै फैन्सी स्टोरमा आमा इन्द्रेश ग्राहकसँग सामान बेच्न लागेको व्यस्त मौका छोपी भरतले पसलबाटै अपहरण गरी लगेका थिए ।

दूधे बालिका अपहरण गरी लगेर भरतले जमुनियास्थित जङ्गलमा जबर्जस्ती करणी गरी हत्या गरेको अवस्थामा प्रहरीले भोलिपल्ट भदौ ११ गते शव बरामद गरेको थियो । घटनापश्चात् लामो समयसम्म भागी हिँडेका आरोपीलाई सुनसरी प्रहरीले गत कात्तिक ३ गते भन्टाबारीबाट प्रक्राउ गरेको थियो ।

पक्राउ गरिएका भरतलाई महोत्तरी प्रहरीमा सुपुर्दगी गरेपछि उनीमाथि मुद्दा चलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई बालिका अहपरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.