काठमाडौं, मंसिर १३: गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।
हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० विमानमार्फत् नेपाल आएका दुई जना चिनियाँ नागरिकलाई विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ गरिएको डिएसपी दिपक खड्काले जानकारी दिए।
उनकाअनुसार पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन्। राति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४/४ किलो सुन बरामद गरिएको उनले बताए।