८४ अंकले घट्यो सेयरबजार

| 2022 May 17 | 04:17 pm 1277

काठमाडौं, जेठ ३: जेठ महिनाको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ।

आज २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर १ अर्ब ६४ करोड  ४० लाख ५० हजार रुपैयाँमा खरिदबिक्री भयो। ३३ हजार ६१० पटक कारोबार भयो।

सेन्सेटिभ इन्डेक्स पनि दोहोरो अंकले ओरालो लाग्यो। सेन्सेटिभ इन्डेक्स १४.२५ अंकले घटेर ४३९.६९ विन्दुमा अडेको छ।कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ।

आज अन्य समूहको सर्वाधिक ५.८३ प्रतिशतले सूचक घट्यो।फाइनान्सको ५.७५ र हाइड्रोपावरको ५.२८ प्रतिशतले घट्दा  लाइफ इन्स्युरेन्सको ४.९८ र डेभलपमेन्ट बैंकको ४.०१ प्रतिशतले सूचक घट्यो।  यस्तै इन्भेस्टमेन्टको ३.३७, माइक्रोफाइनान्सको २.९८,  होटल एन्ड टुरिजमको २.५८, ट्रेडिङको २.९५, बैंकिङको २.३९ प्रतिशतले सूचक ओरालो लाग्यो। यसदिन चार कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा जाल्पा सामुदायिक लघुवित्त अग्रस्थानमा रह‍यो। सो कम्पनीको ९ करोड ७९ लाख बढी मूल्यमा सेयर कारोबार भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.