८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी, मेक्सिकोलाई हराउदै स्विडेन समूह बिजेता

| 2018 Jun 28 | 06:14 am 3455

काठमाडौं, असार १४:  डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जर्मनी आफू सहभागी भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । जर्मनी सन् १९३८ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो।

खेलको इन्ज्यूरी समयको दोस्रो मिनेटमा किम योंग गोनले गोल गरेका थिए । त्यस्तै जर्मन किपर म्यान्युल निउर अगाडि बढेको मौका पारी त्यसको दुई मिनेटपछि नै कोरियाले अर्को गोल थपेको थियो । सन ह्यूङ मिनले खाली पोष्टमा गोल गरेका थिए ।

समूह एफ अन्तर्गतकै अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३–० गोल अन्तरले पराजित गर्दै समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ ।

समुह एफ अन्तर्गत समुह चरणको अन्तिम खेलमा अप्रत्यासित जित निकाल्दै स्विडेन समुह विजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको हो । अगुस्टिनसनले ५० औ मिनेटमा स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए । ७४ औ मिनेटमा अल्भारेजले आत्मघाति गोल गरेपछि मेक्सिको ३–० को अग्रता सहित नकआउट चरणमा प्रवेशको ढोका खोलेको हो ।

स्विडेनले अप्रत्यासित नतिजा निकाल्दा विश्व विजेता जर्मनी समुह चरणबाटै घर फर्किएको छ । अन्तिम खेलमा जित निकालेको स्विडेन ६ अंक सहित समुह विजेता बन्यो । मेक्सिको समान अंक भएपनि गोल अन्तरका आधारमा उपविजेता बन्यो ।

समूह चरणबाटै बाहिरिए पनि दक्षिण कोरियाले जर्मनीविरुद्ध ऐतिहासिक जित हात पारेको छ । जर्मनीले दक्षिण कोरियालाई विश्वकपमा पाँच पटक पराजित गरेको थियो । सबैमा उसले जित हासिल गरेको थियो र जम्मा १९ गोल गरेको थियो। तर कोरियाले भने विश्वकपमा जर्मनीलाई पहिलो पटक हराएको हो।

योसँगै अर्को अनौठो संयोग र नियति पनि जर्मनीले ब्यहोरेको छ । लगातार तीन विश्वकपमा साविक विजेता समूह चरणबाटै घर फर्किएको छ ।

सन् २००६ को इटली २०१० मा, २०१० को विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै घर फर्किएका थिए । त्यस्तै सन् १९९८ को विश्वकप विजेता फ्रान्स पनि सन् २००२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.