६ वर्षीया दुर्इ बालिका बलात्‍कृत, श्रीमतीलार्इ बन्चरो प्रहार, एक महिलाको शव फेला

| 2018 Sep 15 | 05:13 pm 4163

कञ्‍चनपुर, भदौ ३०: कञ्‍चनपुरमा शनिबार दुर्इ बालिका बलात्कारको आरोपमा एक जनालार्इ नियन्त्रणमा लिइएको छ। जिल्लाको बेलडाँडीमा ६ वर्षीया दुर्इ बालिका बलात्कार गरेको अभियोगमा राजेन्द्र विस्टलार्इ नियन्त्रणमा लिएको हो।

भदौ १५ गते नै उनीहरुलार्इ चकलेट दिएर ललार्इ फकार्इ गरी बलात्कार गरेको आरोपमा विस्टलार्इ पक्राउ गरेको कञ्‍चनपुर प्रहरी प्रमुख कुबेरसिंह कडायतले जानकारी दिए। उनका अनुसार घटना १५ भदौकव भएपनि प्रहरीमा शनिबार मात्रै उजुरी परेको र एक जनालार्इ नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी कञ्‍चनपुर भिमदत्तनगरपालिका-९ खल्ला टुँडिखेल बस्‍ने विमला पुन मगरलार्इ उनका श्रीमानले बन्चरो प्रहार गरी हत्या गरेका छन्। मृतकका श्रीमा चन्द्र बहादुर पुनमगरले मदिरा सेवन गरेको अवस्थामा श्रीमतीलार्इ बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी प्रमुख कडायतले बताए। उनले भने, ‘घटनाको विषयमा छानविनका प्रहरी टोली घटनास्थल पुगिसकेको छ। मृतकका श्रीमानको खोजी कार्य भइरहेको छ।’

उनी बन्चरो प्रहारलगत्तै भारततर्फ फरार भएको स्थानीयले जानकारी दिएका छन्।

आजै बिहान करीब ५०/५५ वर्ष उमेर देखिने महिला शनिबार बिहान भिमदत नगरपालिका-२ महुलिया नजिकै नहरमा मृत अवस्थामा भेटिएकी छन्। स्थानीयका अनुसार मृतक महिला दैलेख घर भई महेन्द्रनगरमा फलफुलको व्यापार गर्ने आरती सार्की भएको बुझिएको छ।

स्थानीयले नहरमा शव तैरिरहेको देखेपछि प्रहरीलार्इ खबर गरेका थिए। प्रहरीले घटनास्थलमा शवको मुचुल्का गरि शव पोस्टमार्टमका लागि महाकाली अञ्‍चल अस्पतालमा राखिएको जनाइएको छ।

यसअघि साउन १० गते कञ्‍चनपुरमै १३ वर्षिय निर्मलाको बलात्कारपछि गरिएको हत्याको दोषी पत्ता लगार्इ कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले बन्द आव्हान गरेको छ। त्यसअघि

यसअघि कञ्‍चनपुरमा नै १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कापछि हत्या भएको थियो। त्यसअघि कञ्चनपुरमै १६ वर्षीय कविता बिष्टको बलात्कारपछि हत्या गरेर वनदेवी जंगलमा गाडिएको अवस्थामा शव फेला परेको थियो।

त्यसको केही १ साउनमा कञ्चनपुरको दोधारा चाँदनी-१० की १३ वर्षीया एक बालिका जन्मदिने बाबुबाटै बलात्कार भएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.