६० किलो सुन तस्करी प्रकरणमा सीआईबीले लियो दिपेश पुनको बयान

| 2023 Sep 05 | 03:30 pm 2993

काठमाडाैं, भदाै १९ । चर्तित ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ। उनलाई सिआईबीले कार्यालयमै बोलाएर बयान लिएको हो  ।

सुन तस्करीमा मुछिएका अन्यसँग पुनको पनि सम्पर्क देखिएपछि बयान लिइएको सीआईबीले बताएको छ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिए पछि सिनामंगल एरियामा  बरामद गरेको थियो ।

यो प्रकरणमा २६ जना पक्राउ परिसकेका छन्  । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.