५ हजार मिटर दौडमा भारतलाई पछि पार्दै नेपालले जित्याे स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 06 | 10:32 am 1518

काठमाडौं, २० मंसिर : जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालले पुन: एक स्वर्ण पदक हात पारेकाे छ । शुक्रबार बिहान भएकाे ५ हजार मिटर दौडमा नेपालले एक स्वर्णसहित एक कास्य पदक हात पारेकाे हाे ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएकाे खेलमा नेपालका गोपीचन्द्र पार्कीले जम्मा १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरेर नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यसैगरी नेपालकै हरि रिमालले कास्य जिते ।

दाेस्राे स्थान अर्थात् रजत पदक भने भारतले जितेकाे छ । भारतका सुनील दवालले निर्धारित दूरी १४ मिनेट ५५.२१ सकेन्डमा पार गर्दै रजत पदकमा सीमित बन्न पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.