बुटवल, मंसिर २२ : पाँच वर्षीया बालिकाको सामूहिक बलात्कार गरेको अभियोगमा रुपन्देहीबाट २ जना युवा पक्राउ परेका छन् । प्रहरीले बलात्कारको अभियोगमा देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन खत्रीलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका दुई जनाले ६ जना मिलेर बलात्कार गरेको प्रहरीलाई सूचना दिएका थिए । आमा बुवा मामाधर गएका बेला एक्लै रहेकी बालिका माथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकाको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तिले जानकारी दिए । घटनापछि फरर भएका अन्य चार जनाको खोजी गरिरहेको छ ।