५ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 19 | 03:55 pm 2209

बुटवल, मंसिर ३ : वर्षीया बालिका बलात्कारको आरोप लागेका एक व्यक्तिलाई सोमबार पूर्वी नपलपरासी प्रहरीले पक्राउ गरेको छ ।

कावासोती–३ निवासी ५३ वर्षीय मोक्तान काइँला भन्ने सोमबहादुर तामाङलाई गौडाकोट नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असोज महिनामा तामाङले ५ वर्षीय बालिकालाई बलात्कार उनी फरार रहेका थिए । पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले तामाङलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.