सर्लाही, पुस २६ः शनिबार सर्लाहीकाे लालबन्दी नगरपालिका-१४ तिनतले भन्ने स्थानमा अबैध रुपमा लगाइएकाे लागूऔषाध गाँजा प्रहरीले फडानी गरी नष्ट गरेकाे छ ।
विशेष सूचनाको अधारमा लागूऔषध गाँजा खेती नष्ट अभियान अन्तर्गत उक्त गाँजा फडानिको लागि प्रहरी चौकी पत्थरकोटबाट प्रहरी नायब निरीक्षक प्रदिप चौधरीको कमाण्डमा १९ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी निरीक्षक गोकर्ण
भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटिगई फडानी गरेकाे प्रहरीले जानकारी दिएकाे हाे ।
करिब ५ बिघामा लगाइएकाे ५० हजार बोट गाँजा फडानी गरीएको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुंवरले बताए ।