काठमाडौं, माघ १६ः सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ।
५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ती व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा. मरासिनीले सोही उमेर समूहका बालबालिकालाई लगाउन ८४ लाख फाइजर खोप किन्न प्रक्रिया अगाडि बढाइसकेको बताए। राष्ट्रिय खोप समितिले ५ वर्षदेखि ११ उमेरका बालबालिका खोप दिन सरकालाई सुझाव दिइसकको छ।