५ केजी गाँजा सहित मानिस पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 30 | 01:39 pm 1421

बारा, भदाै १३ ।  कोल्हबी नगरपालिका  २ भलुवाहीखोरमा तामागढीबाट कोल्हबी तर्फ आउदै गरेको ना. २ ह. १४०० नं. अटो टेम्पोलाई चेकजाच गर्दा डिकी भित्र लुकाई छिपाई राखेको ५ किलोग्राम लागुऔषध (गाँजा) प्रहरीले फेला परेको छ ।

अस्थायी प्रहरी पोष्ट झुरझुरे बाराबाट खटिएको प्रहरी  चेकिङ टोलीले उक्त गाँजा सहित अटो चालक र अन्य दुई  व्यक्तिहरु उपर शंका लागी नियन्त्रणमा लिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हबी बाराले बारा जिल्ला अदालत बारा कलैयाबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी दधिराम न्याैपानेले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.