५४ ग्राम ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 24 | 03:42 pm 3831

नेपालगन्ज, १० असार :  बाँकेमा नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन्् । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको श्री मेयर गणका मेजर धिरेन्द्र जंग शाही ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी राजेन्द्र आर्यालले बताए ।

मेजर शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले शनिबार साँझ ढकेरीस्थित एक कटेजमा छापा मारी पक्राउ गरेको हो । पक्राउ परेका पौडेल लागूऔषधको ठूलो कारोबारी रहेको प्रहरीको दाबी छ ।

उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीसँगै बाँके राप्तीसोनारी–९ का रेम पौडेल पनि पक्राउ परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.