काठमाडाैं, असार २ः लागूऔषध नियन्त्रण ब्यूराेले अहिलेसम्मकै ठूलाे मात्रामा लागूऔषध हेराेइन ५१ किलाे सहित ७ जना बिदेशी नागरिकलाई पक्राउ गरेकाे छ । ब्यूराेका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् ।

एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको र यस विषयमा अझ गम्भिर भएर अनुसन्धान र अप्रेशन अगाडी बढाइने जनाए ।
बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् ।

ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अप्रेशन हो । चार दिन लामो अपरेशन चलाएर ब्यूरोले ५१ किलो सेतो हेरोइन बरामद गरिएको ब्युरोका एसपी श्रेष्ठले जानकारी दिए । सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो ।
एसपी श्रेष्ठका अनुसार उनीहरूलाइ काठमाडाैं महानगरपालिका वडा नं. १६ स्थित ठमेलका विभिन्न हाेटलबाट पक्राउ गरिएकाे हाे । पक्राउ परेका सातै जनालाइ लागुऔषध नियन्त्रण ऐन २०३३ बमाेजिम लागुऔषध हेराेइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेकाे छ । ऐनले २ ग्राम भन्दा माथि लागुऔषध सहित पक्राउ परेकालाइ आजिवन काराबासकाे व्यवस्था गरेकाे छ ।
बरामद भएकाे लागुऔषधकाे अनुमानित मुल्य १ अर्ब २ कराेड रहेकाे पनि पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

