काठमाडौँ १७ फागुन / काठमाडौं प्रहरीले संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई छाडेको जनाएको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको जनाएको छ ।
तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनपरिसरमा प्रवेश गरेका थिए ।
सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो ।