चितवन, असार ३१: सरकारद्वार प्रतिबन्धीत अवैध लागूऔषध चरेससहित प्रहरीले एक जना भारतीय महिलालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुन रहेकी छन् । उनलाई इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे पक्राउ गरेकी हुन् ।
उनको साथबाट अवैध लागूऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जनाए ।
बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।