४० हजार घुस लिएको आरोपमा मालपोतका खरिदार पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 08 | 06:48 pm 1830

परासी, पुस २३ : सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नेत्रबहादुर चौधरीलाई आज नियन्त्रणमा लिएको छ ।

मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले आज दिउँसो कार्यालय परिसरबाटै भूमिसुधार शाखाका खरिदार चौधरीलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.