काठमाडौं, मंसिर १० : तीन हप्तसम्म पनि निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसके प्रा. डा. गोविन्द केसीले आमरण अनसन बस्ने भएका छन् । सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
सरकारले निर्मलाको अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै उनले आलोचना गरे । १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन ।
१५ पटक अनसन बसीसकेका डा. केसीकाे याे १६ औँ अनसनको तयारी गरे हाे। यसअघि डा. केसीको २७ दिन लामो अनशनपछि सरकार उनको माग बमोजिम संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका २२ वटा बुँदामा संशोधन गर्न सहमत भएको थियो ।
अनसनको तयारीमा रहेका डा. केसीले पूर्व सम्झौता कार्यान्यनको लागि सरकारलाई तीन हप्ताको समय दिने र यो समयमा पनि सरकारले पहलको कुनै कदम नउठाए बाध्य भएर अनसन सुरु गर्ने बताएका छन् ।
डा. केसीका तीन मागहरुः
१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएका सम्झौता तत्काल कार्यन्वयन गर्नुपर्ने ।
-क) सम्झौता बमोजिक अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।
-ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचपुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि.का पदाधिकारी लगाएतका ब्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्त लगाएतका कार्बाही गर्नुपर्ने । त्रि.वि. पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गर्नुपर्ने ।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अबिलम्ब एमबीबीएस भर्ना सुरु गर्न व्यवस्था गर्नुपर्ने ।
२. निर्मला पन्तको कलात्कार र हत्यामा संलग्न ब्यक्तिहरुलदाई तत्काल पक्राउ गरी मुद्धा चलदाउनुपर्ने । यसका साथै प्रमाण लोप गर्ने, झठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न आउने ब्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने ब्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्धा चलाउनुपर्ने ।
३. नेपाल सरकारको निर्णयलाई उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न ।

