३ तलामाथिबाट खसेर एक बृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 03 | 02:14 pm 2417

काठमडौं, भदौ १८: काठमाडौं महानगरपालिका १५ को छहारी गल्लीस्थित डेरा गरी बस्ने धनुषा मिथिला गाउँपालिका ५ की ८४ बर्षीया कुलमाया मगर्नीको ३ तला माथिबाट खसेर मृत्यु भएको छ ।

डेरा घरको ३ तला माथिबाट खस्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि मनमोहन अस्पताल स्वयम्भु लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्।
यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.