३८ वटै सडकको रिसिलिङ र कालोपत्रे   गुणस्तरहीन रहे को  तथ्य

| 2019 Sep 17 | 07:37 am 2180

दाङ,  भदाै ३१: घोराही उपमहानगरपालिकाभित्र गरिएको  सडक रिसिलिङ र कालोपत्रे  गुणस्तरहीन रहे को  तथ्य खुलेको छ।

उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण सडक गुणस्तरहीन बन्न पुगेको उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले जनाएको छ।

रिसिलिङका लागि कुल १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपियाँको बजेट भए पनि कबोल सम्झौता ७५ लाख ७ हजार १ सय ५० रुपियाँमा भएको पाइएको छ।

२०७५ चैत १३ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। चैतमा सम्झौता भए पनि कम्पनीले २०७६ जेठ २० बाट काम शुरू गरेको थियो।

सडक गुणस्तहीन भएको  भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि उपमहानगरपालिकाको  असार २२ गतेको  कार्यपालिका बैठकले  छानबिन समिति गठन गरे को  थियो ।

समितिले  प्रदे श पूर्वाधार कार्यालयको  प्राविधिक सहयोगमा लामो  समय लगाएर गरे को  अध्ययनले  रिसिलिङ र कालो पत्रे  गरिएका सबै सडक गुणस्तरहीन रहे को  दे खाएको  हो।

६.३० किमि सडक कालोपत्रे गर्नुपर्नेमा २.८३ किमिमै कालोपत्रे कार्य रोकेको र काम गर्न नसकेकाले भुक्तानी रोकेको उपमहानगरपालिकाले जनाएको छ।

समितिले  पूर्वाधार महाशाखामा कार्यरत इन्जिनियर र प्राविधिक ठूलो  रकम हिनामिना गर्ने नियतका कारण सडक गुणस्तरहीन बनाएको  जनाएको  छ।

साथै ती प्राविधिकले  आफ्नै निर्माण उपकरण प्रयोग गरे को , उपकरण प्रयो गको  भाडामा पनि फरक–फरक दर लगाएको , उपभो क्तासँग एकखाले  इस्टिमेट ल्याएर उपभो क्तालाई जानकारी नदिई अर्कोखाले  प्रविधि प्रयो ग गरे को  आदिका कारण सडक गुणस्तरहीन भएको  समितिले  जनाएको  छ।

घो राही बजारभित्र रिसिलिङ गर्दा कहीँकतै आन्तरिक छलफल नै नगरी हचुवाको  भरमा ठे क्का प्रक्रिया अघि बढाएको  पाइएको पनि समितिले जनाएको छ।

समितिले  उपमहानगरले  कालोपत्रे  गर्ने तयारी गरे का ३८ वटा सडकको  काम पनि गुणस्तरहीन भएको  निष्कर्ष निकाले को  छ।

३८ वटा सडक ११ किलोमिटरको  वे स कोर्समध्ये  ग्रावे लसम्म र डब्ल्यूबीएमसम्मको  काम उपभो क्ता समितिबाट भएको  र त्यसपछिको  काम उपभो क्ता समितिबाट झिके र उपमहानगरका इन्जिनियर र प्राविधिकले  उपभो क्तासँग कुनै छलफल नगरी कालोपत्रे  गरेको  घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा छानबिन समितिका संयो जक भरतमणि अर्यालले  जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.